म्याग्दी । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ । गलेश्वर–पिप्ले जोड्ने सडकमा चलेको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो । वर्षा आउँदा रातमा बस्न नै नसक्ने अवस्था सिर्जना भएको स्थानीयबासी मिम थकालीले जानकारी दिए।
उनका अनुसार, पिप्ले गलेश्वरमा २२ परिवारको वसोवास रहेको छ । ‘‘बस्ती माथिको पाखो लस्किएको छ, गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको हो, एक वर्षमा गलेश्वर–पिप्ले खण्डको सडकमा सिर्जित पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसक्नु अत्यन्तै दुखदायीपूर्ण हो’’, थकालीले भने।
पिप्ले गलेश्वरका स्थानीयवासी बर्षा आउँदा वारिपट्टी रहेको बेनी नगरपालिका–९ गलेश्वरमा आश्रय लिनुपर्ने बाध्यता आएको छ । यसै बस्ती समेटिएको बेनी–जोमसोम सडक माथिबाट पहिरो खस्ने, सडक हिलाम्मे हुने समस्याले सवारी आगमन समेत प्रभावित हुँदै आएको छ । पटकपटक बस्तीमा बाढीसहितको हिलोको सास्ती स्थानीयबासीले व्यहोर्दै आएका छन् ।
यसैबीच गलेश्वरस्थित राहुघाट नदीमा निर्माणाधीन पक्की पुलको संरक्षणको लागि नदी किनारमा बनाइएको ग्याबिन जालीबाट नदीले कटान शुरु गरेको छ । स्तरीय तरिकाले ग्याबिन जालीसहितको संरक्षणको काम नगरेकाले कटान शुरु भएको र यसले बस्तीतर्फ थप नदी कटानको जोखिम बढाएको स्थानीयबासीको भनाइ छ ।
सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो