पोखरा । आइतबार गण्डकीमा थप ११६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १०२ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४५ जना, तनहुँका १४ जना, लमजुङका आठ जना, नवलपुरका २० जना र स्याङ्गजाका दुई जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका नौ जना, बागलुङका १० जना र म्याग्दीका आठ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५२ हजार ४१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५५८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४७ हजार ७७४ पुगेको छ।
आइतबार पनि गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका पाँच जना र नवलपुरका तीन जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८८९ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
कार्यकक्षमै सब–इन्जिनियरमाथि कुटपिट, एक पक्राउ
नगरपालिकाको कार्यालयमै सब–इन्जिनियरमाथि कुटपिट, घटना विवरण भने गोप्य
आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति
स्याङ्जामा किशोरी मृत्यु प्रकरण: डेरा कोठाभित्र किशोरीको शव, २३ वर्षीय युवक पक्राउ
स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य