आइतबार कास्कीका ४५ सहित गण्डकीमा थप ११६ जनामा कोरोना पुष्टि, ५५८ कोरोनामुक्त

आइतबार कास्कीका ४५ सहित गण्डकीमा थप ११६ जनामा कोरोना पुष्टि, ५५८ कोरोनामुक्त

Gandaki covid corona 4

पोखरा । आइतबार गण्डकीमा थप ११६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १०२ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४५ जना, तनहुँका १४ जना, लमजुङका आठ जना, नवलपुरका २० जना र स्याङ्गजाका दुई जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका नौ जना, बागलुङका १० जना र म्याग्दीका आठ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५२ हजार ४१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५५८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४७ हजार ७७४ पुगेको छ।

आइतबार पनि गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका पाँच जना  र नवलपुरका तीन जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८८९ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ