काठमाण्डाै। काठमाण्डाै उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ। आइतबार बसेको काठमाण्डाै, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै एक हप्ता लम्ब्याउने निर्णय गरेको हो।
काठमाण्डाैका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका ट्याक्सीसहितका निजी सवारी साधनलाई जोर-विजोर प्रणालीमा चल्ने दिइनेछ। जोर नम्बरका सवारी जोर गते र विजोर नम्बरका सवारी विजोर गते चल्न दिइनेछ।
यस्तै, पलहरू बार अनुसार चलाउने निर्णय गरिएको छ। अधिकारीका अनुसार आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइनेछ।
यसैगरी, सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी र टेलरिङ पसल खोल्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।
निर्माणजन्य सामग्रीका पसलहरू हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइने। खाद्यान्न, दूध, किताब, फलफुल र माछामासुका पसलहरू बिहान ११ बजेसम्मखोल्न दिइनेछ।
उनका अनुसार रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बनेपछि उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष