पोखरा । केही खुकुलो हुने गरी जिल्ला प्रशासन कार्यालय कास्कीले एक साता निषेधाज्ञा थप गरेको छ।
पछिल्ला दिनमा कोरोना संक्रमणदर र मृत्युदरमा क्रमिक रुपमा कमी आएपनि अपेक्षाकृत नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १५ गते राति १२ बजे सम्मका लागि लम्ब्याएको हो।
निषेधाज्ञा खुकुलो भएसँगै अब व्यापार व्यावासाय बिहान ५ बजेदेखि दिउँसो १२ बजे सम्म संचालन गर्न पाइने छ । भने, निजी (साना) सवारी साधन (चार पाङ्ग्रे र दुई पाङ्ग्रे ) जोर गते जोर नम्वर र विजोर गते विजोर नंवरका आधारमा चालकसहित चार जना यात्रु राखेर संचालन गर्न पाइनेछ।
ताजा दुध बेलुका ५ बजेदेखि बेलुका ७ बजेसम्म निर्वाध चिस्यान तथा संकलन केन्द्रमा लैजान पाइनेछ।
यस्तै अनलाइम होम डेलिभरी निश्चित मात्रामा पूर्ण मापदण्ड अपनाएर बेलुकी ७ बजेसम्म संचालन गर्न पाइनेछ। पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गरेको हुनुपर्नेछ।
यस्तै उद्योग र सार्वजनिक निर्माण कार्यमा संग्लग्न कर्मचारी तथा श्रमिकहरुलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै आवश्यक सुरक्षा मापदण्ड अपनाएर भिडभाड नहुने गरी संचालन गर्न पाइनेछ।
यसबाहेक निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न सक्नेछन् ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह