क्यान्सरबाट श्रीमानको मृत्युपछि म्याग्दीकी महिलाले अस्पतालमै गरिन् देहत्याग

क्यान्सरबाट श्रीमानको मृत्युपछि म्याग्दीकी महिलाले अस्पतालमै गरिन् देहत्याग

nepal cancer hospital lalitpur

म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै देह त्यागेकी छिन् ।

ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत श्रीमानको मृत्युपछि उनकी पत्नीले अस्पतालमै देहत्याग गरेकी हुन् ।

ती पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो । प्रहरीका अनुसार क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन काठमाण्डौ लगिएको थियो । तर उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि अस्पतालकै बाथरुममा झुन्डिएको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ