गैंडाकोट नगरपालिकामा विवाहको दिन बेहुली गरगहना र नगद लिएर गायब भएकी छन् । शनिबार विवाहको कार्यक्रम हुँदै गर्दा ब्यूटी पार्लर जान्छु भनेर हिँडेकी बेहुली उतैबाट फरार भएपछि बेहुला पक्षले प्रहरीमा उजुरी हालेका छन् ।
दुई महिनादेखि गैंडाकोट–४, लखनचोकको डेरामा एक्लै बस्दै आएकी गोरखा घर बताउने २८ वर्षीया सलिना खनाल ४ लाख रुपैयाँ बराबरको गरगहना र १ लाख नगद लिएर फरार भएको बेहुलाको परिवारले बताएको छ । तर प्रहरीमा भने ३ लाख बराबरको गरगहना र पटक पटक गरी दिइएको करिब १ लाख नगद लिएर सलिना फरार भएको उजुरी प्राप्त भएको इलाका प्रहरी कार्यालय,गैंडाकोटका इन्सपेक्टर लक्ष्मी खनालले जानकारी दिए । जनआस्थामा समाचार छ ।
परिवारमा कोही पनि नभएको बताउँदै आएकी सलिनाको गोरखामा आफ्नी भाउजू रहेकाले त्यहिँको मन्दिरमा शनिवार विवाह गर्ने आग्रहबमोजिम बेहुला पक्षले तयारी गरेको थियो । बिहान करिब ९ बजे बेहुली पार्लर गएर नफर्केपछि बेहुलापक्षको ओठ तालु सुकेको हो । लामो समयसम्म नफर्केपछि आफूहरूले फोन गरेको तर ‘पार्लरमा छु,अहिले फोन उठाउन मिल्दैन’ भनेकी सलिनाले त्यसपछि मोबाइल अफ गरेको केटा पक्षले बताएको छ । लगत्तै खोजतलास गरे पनि विहेको लागि तयारी गरिरहेकी बेहुली एकाएक गायब भएकी हुन् ।
सलिनाको गैंडाकोट–४ का ईश्वरीप्रसाद अर्यालसँग शनिवा विवाह पक्का गरिएको थियो । आफू र बेहुली खनालबीच एक महिनादेखि निरन्तर कुराकानी भइरहेको बेहुला अर्यालले बताएका छन् । सलिना र कतारमा रहेका ईश्वरीको चिनजान र भेटघाट नजिकैकी छिमेकी दिदीले गराएकी हुन् ।
सलिनाले विवाहको लागि तयार पारिएको सुनका गहनाहरूमध्ये इण्डियन मंगलसूत्र,तिलहरी,नत्थि, झुम्कासहित एक लाख नगद लिएर गएको बताइन्छ । बेहुलीको शनिबारअघिको भनाई उद्धृत गर्दै बेहुलापक्षले भनेको छ ‘सलिनालाई उनको परिवारले हेप्ने गरेको भन्थिन् । त्यसैले परिवारलाई देखाउनको लागि भए पनि गरगहना लगाएर जान्छु भनेपछि आफूहरूले अघिल्लो दिन नै गरगहना उनलाई दिएको हो ।’
तर शनिवारपछि उनका सानो बुबा भन्ने मान्छेले पनि फोन नउठाएको र भाउजू भनिएकी गोरखाकी महिलाले सलिनासँग आफ्नो कुनै नाता नरहेको बताएकी छन् । भाउजूले यतिखेर आफू गोरखाबाट बाग्लुङ पुगेको फोनमा बताएको बेहुलाका एक जना नातेदारले जानकारी दिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ