पोखरा । पोखरामा विपन्न ५१ परिवारलाई राहत बितरण गरिएको छ । पोखरामा रहेका ९ जना थकाली आमा र दिदीहरूद्वारा प्राप्त राहत आज (शुक्रबार) कलाकार तथा सामाजिक अभियन्ता मिलन शेरचनले प्रदान गरेकी हुन् ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना त्रास र नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको कारण दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका उनीहरु समस्यामा पर्दै आएका थिए ।
अभियन्ता शेरचनका अनुसार प्रतिव्यक्ति रु. १२०० को (चामल, दाल, नुन, तेल, मस्यौरा, बेसार, मसला, खुर्सानी, चिउरा र बिस्कुट) दरले राहत प्रदान गरिएको छ ।
“पोखरामा रहनु भएका थकाली आमाहरूः शोभा शेरचन, रूद्र देवि तुलाचन, ओमकुमारी शेरचन, हेम कुमारी शेरचन, शान्ति कुमारी शेरचन तथा दिदीहरू सकुन्तला तुलाचन, हिरण शेरचन, उषा शेरचन र लाली तुलाचनबाट प्राप्त राहत आज प्रदान गरियो”, अभियन्ता शेरचनले भनिन्, “उहाँहरुको जस्तै दयालु र मनकारी भावना सबै ब्यक्तिमा हुने हो भने कोहि पनि विपन्न/असहाय ब्यक्तिहरू भोकको पिंडाले छट्पटिनु पर्ने छैन ।”
कोरोनाले विश्व नै प्रभावित बनेकोे बेला कोही पनि भोकले छट्पटाउन नपरोस् भन्ने उद्धेश्यका साथ सुरु गरेको राहत अभियान अन्तर्गत आज दोस्रो चरणको राहत बितरण गरिएको शेरचनले जानकारी दिइन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ