पोखरा । एल.पि. ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सुचारु गर्ने भएको छन् ।
ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर सम्म ग्याँस पु¥याउन जाँदा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै कोरोना विरुद्ध खोप लगाउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश सरकारको स्वास्थ्य मन्त्री समक्ष माग राखेका थिए । आफ्नो माग सम्वोधन नगरिएपछि असार १० गतेबाट ग्याँसको आपूर्ति व्यवस्था वन्द गर्ने निर्णय गरेका थिए ।
सोमवार प्रदेश स्वास्थ्य मन्त्री मधु कुमारी अधिकारी र कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमसँग भएको छलफलमा अवको लट आउँदा खोप व्यवस्था गर्ने कार्यलाई अगाडि वढाउने सहमती भएपछि एल.पि. ग्याँस विक्रेता संघले आफ्नो आन्दोलन फिर्ता लिएको हो ।
एल.पि. ग्याँस विक्रेता संघ कास्की अध्यक्ष वालकृष्ण कोइरालाले आजैबाट कास्कीका डिपोहरुले कम्पनीबाट ग्याँस उठाएर आपूर्ति व्यवस्था सहज वनाउने प्रतिकृया दिए । कोइरालाका अनुसार कास्कीमा हाल करिव ५५ वटा डिपो र करिव ९ सय खुद्रा विक्रेता रहेका छन् ।
कास्कीमा नेपालका विभिन्न १८ वटा कम्पनीका गयाँस डिपो रहेका छन् । गयाँसको डिपो र खुद्रा व्यवसायीमा कार्यरत व्यवसायी र कामदारलाई लगाउन करिव एक हजार खोप आवश्यक पर्ने अध्यक्ष कोइरालाले वताए ।
सम्बन्धित खबर
पोखरा ६ मा प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता
रामघाटबाट ड्रग्ससहित तीन युवक पक्राउ
चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ मा हुँदै
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
चिल्ड्रेन नेपालद्वारा सहारा आ.वि. मा सहयोग
पोखरामा जुवातास खेल्ने ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग