पोखरा । लायन्स क्लब्स् इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ को लायन वर्ष २०२१–२२ का लागि निर्वाचित डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले पदभार ग्रहण गरेका छन् । बिहीबार लायन्स डिस्ट्रिक्ट सचिवालय काठमाडौंमा आयोजित समारोहमा गभर्नर आचार्यले पदभार ग्रहण गरेका हुन् । लायन वर्ष २०२०–२१ का गभर्नर लायन मान बहादुर रोक्काले वर्ष २०२१–२२ का लागि निर्वाचित डिस्ट्रिक्ट गभर्नर आचार्यलाई पदिय दायित्व हस्तान्तरण गरेका हुन् ।
समारोहमा लायन वर्ष २०२१–२२ का लागि निर्वाचित प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर मणिश्री रत्न बज्राचार्य, क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईं र क्याबिनेट ट्रेजरर पृथ्वीराज शर्मा तिमिल्सिनाले आ–आफ्नो पदीय दायित्व ग्रहण गरेका थिए ।
हरेक वर्ष जुलाई १ तारिकाबाट लायन्स क्लबको नयाँ कार्यकाल सुरु हुने परम्परा छ । त्यही अनुसार आजबाट आफ्नो कार्यकाल सम्हालेका डिस्ट्रिक्ट गभर्नर आचार्यले पहिलो दिन नै ७५ वटा नयाँ क्लब चार्टर गरी विश्वकै उत्कृष्ट गभर्नरको रुपमा इतिहास रचेका छन् । त्यसै गरि एलसिआइएफमा १८ जनाले १८ हजार डलर योगदान र डिस्ट्रिक्ट गभर्नरको यस वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेजका लागि स्थापित लायन्स वेलफेयर बैंकमा ५१ लाख भन्दा बढी रकम पहिलो दिन मै संकलन गर्न सफल भएको बताइएको छ ।
लायन्स क्लबले विभिन्न समाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ र यस वर्ष पनि डिस्ट्रिक्ट गभर्नरले समाजिक सेवाका कार्यहरुका साथ साथै दिगो विकासलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रका १४ वटा पिछडिएका गाँउहरु छनोट गरी त्यो गाँउलाई मोडेल भिलेजका रुपमा स्थापित गर्ने गरि आफ्नो कार्य योजना तयार पारेको डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले बताए ।
समारोहमा डिस्ट्रिक्टका पिएमसिसि, पिडिजीका साथै अन्य लायन लिडरहरुको उपस्थिति थियो ।
सम्बन्धित खबर
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ