पोखरा । नेपाली कांग्रेसका नेता रामजी कुवँरको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका ६५ वर्षीय कुवँरको आज निधन भएको काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
कुँवरको कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन । उनको उपचारकै क्रममा शिक्षण अस्पताल, काठमाण्डौमा निधन भएको सिग्देलले जनाए । ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष कुवँर ४ वर्ष अघि पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।
२०१३ साल असोज ४ गते पोखराको बैदाममा जन्मिएका कुँवर वि.सं. २०३६ सालमा नेपाली मजदुर आन्दोलनलाई केन्द्रमा राखेर राजनीतिमा होमिएका थिए । कुँवर कास्की क्षेत्र नं. ३ सभापति हुँदै पार्टीका आमन्त्रित केन्द्रिय सदस्य पनि बनेका थिए ।
पार्टीको १० औं महाधिवेशनदेखि कुँवर लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य थिए । कुँवर नेपाल ट्रेड युनियन कांग्रेसका सस्थापक केन्द्रिय सदस्य हुन्। उनी सचिव, उपाध्यक्ष हुँदै लगातार दुई पटकसम्म वरिष्ठ केन्द्रिय उपाध्यक्षमा आसिन रहे । २०३६ साल र दोस्रो जनआन्दोलनमा उनी प्रहरीको हिरासतमा पनि परे । वल्र्ड काँग्रेसमा सहभागिताका साथै कामका सिलसिलामा दुई दर्जन मुलुक उनले भ्रमण गरिसकेका थिए ।
पब्लिक हेल्थ विषयमा भारतबाट स्नातक गरेका थिए । विभिन्न स्वास्थ्य संघसंस्थामा आजीवन सदस्य, विद्यालयहरुमा आजीवन सदस्य समेत थिए । २०५० मा स्वास्थ्यकर्मीको जागिर छाडेपछि त्यसयता उनी निरन्तर पार्टीमा क्रियाशील थिए । मिलनसार र नम्र स्वभावका कुँवर ईमान्दार कार्यकर्ताका रुपमा चिनिन्छन् ।
लामो समयदेखि पार्टीमा योगदान गरेका कुँवरलाई सिफारिस भएका ३३ जना नाममध्येबाट कांग्रेसले मेयरको उम्मेदवारका रुपमा छनौट ग¥यो । तर, उनी नेकपा एमालेका मानबहादुर जिसीसँग पराजित भएका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’