गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको समृद्धिका लागि सरकारले यात्रा प्रारम्भ गरेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अप्ठ्यारो अवस्थामा गठित वर्तमान सरकारले सबैको साथ र सहयोग लिएर समृद्धिको जनचाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले बजेट प्रदेश सभाबाट पारित भएपछि सरकारले पूर्णता प्राप्त गर्ने र कार्यविभाजन गरिने जानकारी दिए । सरकारका प्रवक्ता एवम् शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले सरकार गठनको छोटो समयमा नीति कार्यक्रम र बजेट ल्याइएको बताउँदै प्रदेश सभा सञ्चालन गरेर बजेट माथि छलफल शुरु गरिने जानकारी दिए । उनले भने, “हामीले सबै डकुमेन्ट तयार गरिसकेका छौँ, अब सदन बोलाएर बजेटमाथिको छलफल शुरु गरी असार ३० गते निर्णयार्थ पेश गर्ने तयारीमा छौँ ।”
प्रवक्ता खड्काले असारमसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने नीतिगत बाध्यता भएकाले यही हप्ताभित्रै छलफल सुरु गर्ने बताए । बजेट छलफल कार्यक्रममै रेडबुक ‘सांसदको हातमा थमाउने’ गरी आफूहरुले तयारी गरिरहेकाले ५ दिनको छलफलपछि नै बजेट पारित हुने विश्वास खड्काले व्यक्त गरे । खड्काले अघिल्लो सरकारले बजेट र रातो किताब बनाउन सहयोग गर्ने वाचा गरे पनि अन्तिम समयमा आएर साथ नदिएकाले बजेटमाथिको छलफलमा ढिलाइ हुन पुगेको दाबी गरे ।
प्रवक्ता कुमार खड्काले अघिल्लो सरकार र हालको सरकारबारे अवस्था देखाउन स्वेतपत्र ल्याउने जानकारी दिए । ‘अघिल्लो सरकारले कस्तो अवस्थामा छाडेका थिए, हामी कुन अवस्थाबाट सुरु गर्दैछौं । त्यसबारे जनतालाई स्पष्ट पार्नुपर्नेछ,’ उनले भने, ‘त्यसका लागि स्वेत पत्र ल्याउदै छौं ।’
सरकारले लोककल्याणकारी कामका लागि बजेट रकमान्तर गरेपनि बजेट दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको भन्दै सम्बन्धित मन्त्रालय एवम् कार्यालयका प्रमुखलाई नियमभन्दा बाहिर नजान निर्देशन दिइएको उनले स्पष्ट पारे ।
खड्काले बाँकी मन्त्रिमण्डल विस्तार र जिम्मेवारी बाँडफाँट बजेट पारित भइसकेपछि मात्रै गर्ने जानकारी दिए ।मन्त्रिपरिषद्ले हालै गरेका निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता खड्काले मन्त्रिपरिषद्का सदस्य र सचिवहरूको आवास व्यवस्थापनका लागि मापदण्ड तय गर्न भौतिक पूर्वाधार मन्त्रालयको शहरी विकास शाखालाई दिने निर्णय गरेको जानकारी दिए ।
यसैगरी प्रदेश सरकारले खरीद गर्ने सवारी साधनमा एकरुपता कायम गर्दै मितव्ययीतता अपनाउने र मूल्य एवम् क्षमतामा एकरुपता ल्याउने निर्णय गरिएको उनले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले विपद् व्यवस्थापन र द्रुतप्रतिकार्यका लागि स्वास्थ्यमन्त्री मधुमाया अधिकारीको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गर्ने निर्णय गरेको छ । सो समितिमा विनाविभागीय मन्त्रीद्वय हरिशरण आचार्य र दीपक मनाङे, कानून सचिव सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव रामेश्वर अर्याल सदस्य सचिव रहेका छन् ।
मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नवलपरासी पुलिङटार गाउँपालिका–३ निवासी खड्गबहादुर कुमाललाई नियुक्त गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।
यसैगरी, मुख्यमन्त्रीको प्रेस संयोजकमा पुतलीबजार नगरपालिका–१३ स्याङ्जा निवासी भरत कोइरालालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्ले स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा खिमबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी