म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गाका गजिन रोका र बिना रोका गत जेठ महिनामा मात्रै विवाह बन्धनमा बाँधिएका थिए । महिना दिन पुग्दा नपुग्दै दुवै जना एकसाथ बिदा भए ।
जिल्लाकै मङ्गला गाउँपालिका–५ छिस्वाङमा उनीहरु पसल गरी बसेका थिए । झोलुङ्गे पुल नजिकै भएकाले व्यवसाय राम्रै चलेको थियो । मंगलबार रातिको अविरल बर्षाले नजिकैको खहरे खोला उर्लियो । र, सोहि बाढीमा परेर रोका दम्पतीले ज्यान गुमाए ।
खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा गजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका थिए । गजिनको शव पहिल्यै भेटियो भने विनाको पछि भेटियो । उनीहरुको हातमा चप्पल समेत समातेको देखिएकाले भाग्ने प्रयास गर्दा गर्दै बाढीमा हेलिएको अनुमान गरिएको छ ।
खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२/११ केभी क्षमताको सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्यवस्थापनमा जुटेको बताए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो