उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता

उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता

bepata

गोरखा । उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन्। चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्र्पकविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका–२ घर भएका प्रहरी जवान कुँवर घर बिदाबाट फर्किएर कार्यक्षेत्रमा सामागाउँ जान भनि हिँडेको भए पनि अहिलेसम्म कार्यक्षेत्रमा नपुगेको र सम्पर्कमा पनि नआएको उनले बताए। कुँवर धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म पुगेको भन्ने सूचना प्राप्त भएको भए पनि त्यहाँबाट कहाँ गए भन्ने बारेमा खुल्न नसकेको एसपी खनालले बताए।

सम्र्पकविहीन भएका प्रहरी जवान कुँवरको खोजी कार्य तीव्र पारेको उनको भनाइ छ । ‘‘इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली नै परिचालन गरेर खोजीकार्य भइरहेको छ’’, एसपी खनालले भने, “अहिलेसम्म फेला पार्न सकिएको छैन ।”

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds