पोखरा बाटुलेचौरकी १५ वर्षीया समृद्धि राई सम्पर्कविहीन

पोखरा बाटुलेचौरकी १५ वर्षीया समृद्धि राई सम्पर्कविहीन

samriddhi rai

पोखराकी एक किशोरी मंगलबारदेखि परिवारसँग सम्पर्कविहीन भएकी छिन् ।

पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौर बस्दै आएकी १५ वर्षीया समृद्धि राई मंगलबार ९असार २२ गते० देखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । छोरीको खोजीका लागि बुबा नबिनले प्रहरीकहाँ जानकारी गराइसकेका छन् ।

 समृद्धिका बुबा नबिनले छोरी बेपत्ता रहेकाले देख्नु वा चिन्नुहुनेले परिवार वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न आग्रह गरेका छन् । समृद्धिले हरियो टिर्सट र प्रिन्टेट स्कर्ट लगाएको उनले जानकारी दिए ।

समृद्धि अहिले विन्दवासिनी माविमा १० कक्षामा अध्ययनरत छिन् । उनी मंगलबार अपरान्ह सवा ५ बजेतिर घरबाट हिँडेको बुबा नविनले बताए ।

समृद्धिलाई भेट्नुहुनेले यी नम्बरमा सम्पर्क गरि सहयोग गर्न परिवारले अपिल गरेका छन् । नबिन राईलाई ९८५६०२४२६८, बसन्त राईलाई ९८४६५८४०५७, शिव थापालाई ९८४६३०३०५८, अर्जुन थापालाई ९८५६०३१८९३ , सुरज थापालाई ९८४८२५२३५१ , सरिता अधिकारीलाई ९८१६१४५०५४ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds