सत्तासीन नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सरकार विरूद्ध भइरहेका गतिविधिको सडकबाटै प्रतिवाद गर्ने निर्णय गरेको छ । अब अफवाह चिर्नका लागि सडकमै उत्रने पनि जानकारी दिएकाे छ ।
सरकारले गरेका अथाह काम आमजनतामाझ पुर्याउन पनि अब सडक आन्दोलनको विकल्प नभएकाे युवा संघकाे ठम्याइ छ ।
प्रेस चौतारी कास्कीद्वारा आज (शुक्रबार) पाेखरामा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रिय अध्यक्ष किरण पौडेलले सडक आन्दोलनको उद्घोष गरे । सरकारको पक्षमा सडकमा उत्रने घोषणा गर्दै उनले भने ‘अब हामी सरकारविरुद्ध लाग्नेहरुका लागि वक्तब्यमा मात्रै सीमित रहदैनौँ । भोलिबाटै ७ प्रदेशका मुख्य केन्द्रहरुमा रचनात्मक आन्दोलन सुरु गरिनेछ ।’
अध्यक्ष पौडेलले देशलाई रणभूमि बनाउन विभिन्न समुहले मिशन नै बनाएर लागिपरेको आरोप लगाए । ‘देशलाई रणभूमि बनाउन खोजिएको छ । बफर जोन बनाउन खोजिएको छ । त्यसकारण विभिन्न मिसनबाट परिचालितहरुले सडक कब्जा गर्न नपाउन् भन्नेपनि उद्धेश्य हो । हाम्रो आन्दोलन समृद्धिको बाधक तत्वहरु विरुद्ध हो । अब हाम्रो भेट सडकमा हुनेछ ।’
सडक आन्दोलनकै क्रममा विविध माध्यमबाट सरकारले गरेका कार्यहरुबारे डिस्प्ले गरिने उनको भनाई थियो ।प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसंयोजक मोतिसागर अधिकारीले गरेका थिए ।

तस्वीरः माधव भुषाल
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’