नवलपुर । दाउरा काट्न भनी घरबाट हिंडेका युवक मृत अवस्थामा फेला परेका छन् ।
लमजुङ जिल्लाको खूदी घर भइ हाल नवलपुर जिल्ला देवचुली नगरपालिका वडा नं -२ केउरेनी बस्दै आएका २७ वर्षीय विजय भण्डारी मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए।
विकका अनुसार भण्डारी शुक्रबार बिहान ६ बजेको समयमा दाउरा काट्न भन्दै घरबाट निस्किएका थिए ।अबेरसम्म पनि उनी नफ़र्किएपछि परिवारले खोजतलास गर्दै जाँदा देवचुली -१२ लक्ष्मीपुर स्थित बौलाहा खोलाको किनारमा उनको शव फेला परेको थियो ।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।
यस्तै, कावासोती -१ हात्तीखोर निवासी ५० वर्षीय दुर्गा मल्लको शव खोलामा अड्किएको अवस्थामा फेला परेको छ।
कावासोती -१४ हेंगौली स्थित केरुङे खोलामा पुरुषको शव अड्किएको छ भन्ने खबर पश्चात पुगेको प्रहरीको टोलीले अनुसन्धान गर्दा उक्त शव हात्तीखोर निवासी ५० वर्षीय दुर्गा मल्लको भएको खुल्न आएको जनाएको छ।
हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
सम्बन्धित खबर
लाइसेन्समा दायाँबायाँ सुन्न नपरोस् : यातायात मन्त्री केसी
कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री केसी
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने
पानीले धान भिज्यो, उत्पादन घट्ने
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ
दुई युवकमाथि आक्रमण गर्ने लमजुङका सुमित र सुशनसहित ४ पक्राउ