फेवातालको मुख्य मुहान खोला हर्पनखोलाले बगाएर ल्याउने ढुंगा र गेग्य्रान रोक्न भन्दै बनाइएको सिल्ट्रेसन ड्याम दुई वर्ष नपुग्दै बाढीले बगाइदियो । पोखरा २३ स्थित हर्पनखोलामा झण्डै ८ करोडमा बनेको ड्याम यति चाँडै बगेपछि यतिबेला पोखरा महानगर र निर्माण कम्पनीको चर्को आलोचना भइरहेको छ ।
यो ड्याम निर्माण सुरु गरेदेखि नै विवादित बनेको थियो । प्रदेश सांसद राजिव पहारीसहितको टोलीले अनुगमन गर्दा हातले छुँदा समेत भत्किएपछि प्रदेशसभामा यो विषयले प्रवेश पाएको थियो । स्थानियले पनि बस्ती जोखिममा पर्ने भन्दै विरोध सुरु गरेका थिए । अहिले आधा दर्जन घरमा क्षति पनि पुगिसकेको छ ।
यसैबीच, सार्वजनिक सरोकारको यो विषयलाई लिएर भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था (सिटिजन्स जुरी फर करप्शन कन्ट्रोल) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा उजुरी दिएको छ ।
हर्पनखोला सिल्टेशन ड्यामको अनियमितता सम्बन्धमा छिटो छरितो प्रक्रियाद्वारा छानविन गरिदिन संस्थाले उजुरी दिएको हो ।
‘चौतर्फी कमिसन र मिलेमतोको कारण व्यापक नैराश्यता छाइरहेको बेला फेवातालसँग जोडिएको सार्वजनिक चासो र महत्वको विषयलाई गम्भीरतापूर्वक लिई छिटो छरितो प्रक्रियाद्वारा अनुसन्धान गरी भ्रष्टाचारजन्य दण्डहीनता अन्त्यका लागि विशेष पहल गरिदिनुहुन सविनय अनुरोध गर्दछौं,’ संस्थाका सचिव रामबहादुर पौडेलद्वारा प्रेषित उजुरीमा उल्लेख छ ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’