फेवातालको मुख्य मुहान खोला हर्पनखोलाले बगाएर ल्याउने ढुंगा र गेग्य्रान रोक्न भन्दै बनाइएको सिल्ट्रेसन ड्याम दुई वर्ष नपुग्दै बाढीले बगाइदियो । पोखरा २३ स्थित हर्पनखोलामा झण्डै ८ करोडमा बनेको ड्याम यति चाँडै बगेपछि यतिबेला पोखरा महानगर र निर्माण कम्पनीको चर्को आलोचना भइरहेको छ ।
यो ड्याम निर्माण सुरु गरेदेखि नै विवादित बनेको थियो । प्रदेश सांसद राजिव पहारीसहितको टोलीले अनुगमन गर्दा हातले छुँदा समेत भत्किएपछि प्रदेशसभामा यो विषयले प्रवेश पाएको थियो । स्थानियले पनि बस्ती जोखिममा पर्ने भन्दै विरोध सुरु गरेका थिए । अहिले आधा दर्जन घरमा क्षति पनि पुगिसकेको छ ।
यसैबीच, सार्वजनिक सरोकारको यो विषयलाई लिएर भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था (सिटिजन्स जुरी फर करप्शन कन्ट्रोल) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा उजुरी दिएको छ ।
हर्पनखोला सिल्टेशन ड्यामको अनियमितता सम्बन्धमा छिटो छरितो प्रक्रियाद्वारा छानविन गरिदिन संस्थाले उजुरी दिएको हो ।
‘चौतर्फी कमिसन र मिलेमतोको कारण व्यापक नैराश्यता छाइरहेको बेला फेवातालसँग जोडिएको सार्वजनिक चासो र महत्वको विषयलाई गम्भीरतापूर्वक लिई छिटो छरितो प्रक्रियाद्वारा अनुसन्धान गरी भ्रष्टाचारजन्य दण्डहीनता अन्त्यका लागि विशेष पहल गरिदिनुहुन सविनय अनुरोध गर्दछौं,’ संस्थाका सचिव रामबहादुर पौडेलद्वारा प्रेषित उजुरीमा उल्लेख छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु