तनहुँको ऋषिङमा घरको सटिङ गर्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु

तनहुँको ऋषिङमा घरको सटिङ गर्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु

current

तनहुँ । करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको ऋषिङ गाँउपालिका वडा नं -१ स्थित बनाउँदै गरेको घरको सटिङ गर्ने क्रममा करेन्ट लाग्दा सोही स्थान बस्ने २८ वर्षीय संजु थापाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए।

विकका अनुसार बनाउँदै गरेको नयाँ घरको सटिङ गर्ने क्रममा अचानक मेन लाईन छुन पुग्दा उनलाई करेन्ट लागेको हो।  करेन्ट लागेर घाइते थापालाई तत्कालै उपचारका लागि लगिएकोमा उनको मृत्यु भएको हो।  घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका समबन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds