गण्डकी प्रदेश सरकारका दुई जना विना विभागीय मन्त्रीहरुले कार्यभार सम्हालेका छन् । जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले अस्विकार गरेकै मन्त्रालयको जिम्मेवारी लिन बाध्य भएका छन् ।
आन्तरिक किचलोका कारण सरकार बनेदेखि विना विभागीय रहेका यी दुई मन्त्रीले बल्ल मन्त्रालय लिन तयार भएका हुन् । आचार्यले ऊर्जा तथा मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आजैदेखि सम्हालेका छन् । योसँगै सत्ता समिकरणमा देखिएको विवाद केही मत्थर भएको छ ।
यसअघि आचार्यले आफूलाई अर्थ मन्त्रालय दिनुपर्ने दाबी गर्दै आएका थिए । विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरेपनि काँग्रेसले सहमति तोडेपछि किचलो सुरु भएको थियो ।
अर्का मन्त्री मनाङेले आफूले भौतिक पूर्वाधार पाउनु पर्ने अडान कसेका थिए । यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ्यको जिम्मा पाइसकेका छन् ।
बजेटमाथिको छलफलपछि सरकार विस्तार गर्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । सरकार बनेको १ महिना पुग्नै लाग्दा समेत मन्त्री मण्डलले पूर्णता नपाउँदा सरकारको कार्य क्षमतामाथि प्रश्न उठ्न थालेको छ । बजेटमाथिको छलफल आइतबारदेखि हुँदै छ । यही महिनाभित्र छलफल सकेर बजेट पास गर्ने सरकारी तयारी छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’