स्वास्थ्य कार्यालय कास्कीले पोखराका विभिन्न वडाहरुमा बुधबार र विहीबार खोप लगाउने कार्यक्रम रहेको जनाएको छ ।
कास्कीका स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्यका अनुसार पोखरा महानगरपालिकाको ग्रामीण भेग बाहेकका वडाहरुमा र स्वास्थ्य कार्यालयहरुमा खोप लगाउने टुंगो भएको हो । कास्कीका गाउँपालिकाहरुमा वडावडामै खोप लगाउने प्रबन्ध मिल्ने उनले जानकारी दिए ।
कास्कीका लागि चिनियाँ खोप भेरोसिल ३६ हजार डोज आएको जानकारी पनि आचार्यले दिए । गण्डकी प्रदेशका लागि १ लाख १२ हजार खोप आएको हो ।
चीनबाट सरकारले किनेर ल्याएको भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइने भएको हो । विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ ।
विदेश जाने नागरिकका लागि पासपोर्टमा भिसा लागेको हुनुपर्ने र सिडिओले प्रमाणित गरेको हुनुपर्ने जानकारी स्वास्थ्य कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
उमेर समूहमा पर्ने मानिसहरूले उमेर खुल्ने आधिकारिक प्रमाणपत्र (नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो पनि नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात) देखाएर खोप लगाउन सक्नेछन् । प्राथमिकताभित्र परेका अन्य क्षेत्र र पेसाका मानिसहरूले पनि सम्बन्धित क्षेत्रको आधिकारिक प्रमाण पत्र देखाएर खोप लगाउन सक्ने भनिएको छ ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो