पोखरा। बिहीबार गण्डकीमा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १०० जनामा गरिएको नमुना परीक्षणमा ३६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १८२ जना, तनहुँका १७ जना, गोरखाका ३९ जना, लमजुङका नौ जना, नवलपुरका ६० जना र स्याङ्गजाका २१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका एक जना, बागलुङका २६ जना र म्याग्दीका जिल्लाका पाँच जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६० हजार ५१९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १७३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ६९६ पुगेको छ।
बिहीबार गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका तीन जना, पर्वतका एक जना, स्याङ्गजाका एक जना र कास्कीम जिल्ला पोखरा महानगरपालिकाका एक जना छन् । आज मृत्यु पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०१४ पुगेको निर्देशनालयले जनाएको छ।

सम्बन्धित खबर
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस
स्याङ्जामा ६ महिनामै १२८ फरार समातिए, दुई करोडभन्दा बढी जरिवाना असुल
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
गुरुकुलका आठ वटुकलाई स्वास्थ्य बिमा
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल