पोखरा सभागृहमा गाडी दुर्घटना [तस्वीरहरु]

पोखरा सभागृहमा गाडी दुर्घटना [तस्वीरहरु]

Nissan Navara (1)

तस्वीर: ईश्वर पहारी

पोखराको सभागृहचोकमा अहिले राति गाडी दुर्घटना भएको छ । राति १० बजेतिरको समयमा बा ८ च ८८७१ नम्बरको निशानको नभरा पिकअप गाडी दुर्घटना भएको हो ।

गाडीमा सवार व्यक्तिहरु भने सकुशल रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । चालक लेकसाइड बस्ने ५८ वर्षीय मोहन सिंहलाई फेवासिटी हस्पिटल लगिएकोमा उनको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

गाडीले पोलमा ठक्कर दिँदा पोल भाँच्चिएको छ । ठक्करपछि गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।न्यूरोडबाट सिर्जनाचोकतर्फ मोड्ने क्रममा गाडी अनियन्त्रित भई सडकको बीचमा रहेको पोलमा ठोक्किन पुगेको थियो ।

घटनापश्चात प्रहरी घटनास्थल पुगेको थियो ।  अहिले क्रेनको सहायताले पोल ठड्याउने काम भइरहेको छ ।

तस्वीरहरुः ईश्वर पहारी र कमल बराल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ