पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशमा छिट्टै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार गरिन लागिएको जानकारी दिएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका– १६ द्वारा आज आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले एक/दुई दिनमै पूर्णता पाउने बताए ।
सरकार थप विस्तार तथा हेरफेर सम्बन्धमा दलबीच सहमति भइसकेको उनले बताए । कार्यक्रममा काँग्रेस पोखरा महानगरपालिका–१६ का सभापति होमबहादुर बानियाँ, नेपाल तरुण दलका सभापति विक्रम बस्नेत, पूर्व इकाइ सभापति शिवराज देवकोटा लगायतले मन्त्री खड्कालाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा काँग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका अनुसार यही साउन १२ गते हुने वडा अधिवेशन गर्न एक कार्यदल गठन गरिएको छ । कार्यदलमा काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री खड्का, वडा सभापति बानियाँ, सहसभापति दिलनाथ आचार्य, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङ र पदमसिंह गुरुङ, अधिवक्ता हरिप्रसाद भट्टराईलगायत छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह