मनाङमा बाढीले झोलुंगे पुल बगायो

मनाङमा बाढीले झोलुंगे पुल बगायो

manang_flood

मनाङ । मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको सदरमुकाम चामेको झोलङ्गे पुल बगाएको छ ।

हिजो राति आएको बाढीले जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएको हो ।

पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा आवातजावतमा समस्या भएको छ ।

गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि परेको अवरिल वर्षाका कारण आज चामेको झोलुङ् पुल पनि बगाएपछि आवातजावतमा झन समस्या भएको हो ।

यस्तै, चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुंगे पुल पनि जोखिममा परेको छ । बाढीले उक्त झोलुंगे पुल बगाउने जोखिम भएपछि आवतजावतमा रोक लगाइएको छ । नार्पाभूमितर्फ जाने अर्को विकल्प नभएकाले त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

यसअघि नै आएको बाढीपहिराले मनाङमा सडक, पुल र सरकारी, गैरसरकारी तथा व्यक्तिगत भौतिक संरचनामा धेरै क्षति पुगिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ