बढ्न थाले संक्रमित : कास्कीका ४६६ जनाको नमुना परीक्षण गर्दा २७४ जना पोजेटिभ

बढ्न थाले संक्रमित : कास्कीका ४६६ जनाको नमुना परीक्षण गर्दा २७४ जना पोजेटिभ

Gandaki covid corona 5

बिहीबार गण्डकीका ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३२ जनामा गरिएको नमुना परीक्षणमा ४७१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४६६ जनाको नमुना परीक्षण गर्दा २७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, तनहुँका ३४ जना, गोरखाका ३९ जना, लमजुङका तीन जना, नवलपुरका ५७ जना र स्याङ्गजाका २१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका पाँच जना, बागलुङका ३१ जना र म्याग्दी जिल्लाका सात जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६३ हजार १९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६५५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५९ हजार २२९ पुगेको छ।

बिहीबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना, बागलुङका एक जना र कास्की पोखरा -२ का एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४४ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ