गण्डकी प्रदेशमा ११ सदस्यीय मन्त्रीमण्डलले पूर्णता पाएको छ । सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेपछि ५ सातापछि पूर्णता पाएको हो । यद्यपी, जनता समाजवादी पार्टी (जसपा) भने सन्तुष्ट छैन ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादीबीच मन्त्रालयको बाँडफाँट टुंगिएपछि मन्त्रीको नियुक्ति र मन्त्रालय हेरफेर गरिएको हो । अर्थ मन्त्रालय माओवादीले पाएको छ भने दुवै पार्टीले दाबी गरेको भौतिक पूर्वाधार विकास मन्त्रालय कांग्रेसले पाएको छ । विश्वासको मत लिनु अघि जसपालाई फकाउन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले जसपासँग अर्थमन्त्रालयसहित दुई मन्त्रालय दिने भनेर गरेको सहमति काँग्रेसले अनैतिक ढंगले तोडेको छ । न त अर्थमन्त्रालय दियो, न अर्को मन्त्रीमै सहमति जनायो । जसपाका हरिशरण आचार्य उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयमा चित्त बुझाउन बाध्य भएका छन् । लाखु लखेटाई लखेट्ने भनेको जसपा तत्काललाई चिसै पानीले नुहाउनु परेको हो ।
नयाँ जिम्मेवारी अनुसार सामाजिक विकासमन्त्री कुमार खड्कालाई भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीपछि दोस्रो रोलक्रममा खड्का छन् । यस्तै अर्थमन्त्रीमा रामजी बराल जीवन, उर्जा जलश्रोत तथा खानेपानीमा हरिशरण आचार्य, युवा तथा खेलकुद मन्त्रालयमा राजीव गुरुङ छन् । अर्थमन्त्री बराल आज नियुक्त भएका हुन् ।
यसैगरी, मणिभद्र शर्मा पर्यटनमन्त्री, मेखलाल श्रेष्ठ शिक्षा तथा सामाजिक विकासमन्त्री, मधु अधिकारी गुरुङ स्वास्थ्य जनसंख्या मन्त्री, चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री, बिन्दुकुमार थापा कानुन तथा सञ्चारमन्त्री, दीपक थापा चर्ती मगर वन, वातावरण तथा भू संरक्षण मन्त्री बनेका छन् ।

काँग्रेसले भौतिकसहित शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय कांग्रेसले पाएको छ । माओवादीले अर्थ सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय र वन, वातावरण तथा भू संरक्षण मन्त्रालय पाएको हो ।
कांग्रेसले खोजेको भौतिक मन्त्रालय पाएपछि यसअघि सामाजिक विकास मन्त्रीको काम गर्दै आएका कुमार खड्का भौतिकमा सरेका हुन् । जसपाकी धनमाया लामा मन्त्री बन्न आतुर छिन् । उनलाई पार्टीले कृषि तथा सहकारी मन्त्रीका लागि सिफारिस समेत गरिएको थियो तर काँग्रेसले फेरि पेलेको छ । जसपालाई मन्त्रालय थप्ने विषयमा केन्द्रीय नेतृत्वले नै छिनोफानो हुने बताइन्छ । अहिले ११ मन्त्रालय रहेकोमा १२ वटा बनाएर लामालाई मन्त्री बनाउन सक्नेछ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह