शनिबार गण्डकीका ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार नौ जनामा गरिएको नमुना परीक्षणमा ३३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३४० जनाको नमुना परीक्षण गर्दा ११८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, तनहुँका ४१ जना, गोरखाका २१ जना, लमजुङका सात जना, नवलपुरका १२४ जना र स्याङ्गजाका आठ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका दुई जना, बागलुङका नौ जना र म्याग्दी जिल्लाका तीन जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६३ हजार ९४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५९ हजार ९१६ पुगेको छ।
शनिबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका एक, पर्वतका एक र स्याङ्गजाका दुई जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०५० पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु