कास्कीका ११८ सहित गण्डकीमा थप ३३३ जनामा कोरोना संक्रमण, चारको मृत्यु पुष्टि

कास्कीका ११८ सहित गण्डकीमा थप ३३३ जनामा कोरोना संक्रमण, चारको मृत्यु पुष्टि

Gandaki covid corona 3

शनिबार गण्डकीका ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार नौ जनामा गरिएको नमुना परीक्षणमा ३३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३४० जनाको नमुना परीक्षण गर्दा ११८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, तनहुँका ४१ जना, गोरखाका २१ जना, लमजुङका सात  जना, नवलपुरका १२४ जना र स्याङ्गजाका आठ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका दुई जना, बागलुङका नौ जना र म्याग्दी जिल्लाका तीन जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६३ हजार ९४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५९ हजार ९१६ पुगेको छ।

शनिबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका एक, पर्वतका एक र स्याङ्गजाका दुई जना छन्  ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०५० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds