पूर्वी नवलपरासीमा बेवारिसे बम भेटियो

पूर्वी नवलपरासीमा बेवारिसे बम भेटियो

grinate

कमला राना- पूर्वी नवलपरासीको कावासोतीमा बेवारिसे बम फेला परेको छ । कावासोती नगरपालिका वडा नम्बर १४ कोल्टाँडी क्षेत्रको जंगलमा आज शनिबार बम भेटिएको हो ।

विहान कुलोको बाँध हाल्न जाने किसानहरुले जंगलमा स्याउला काट्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । मध्यविन्दु नगरपालिका झ्याल्टुङ डाडा स्थीत कालीध्वज गण क गुल्मबाट खटिएको नेपाली सेनाको ६ जनाको टोलीले शनिबार दिउसो सवा एक बजे बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दीएको छ ।

हेण्ड ग्रिनेट प्लाष्टीकको रहेको बम जनयुद्धको समयमा माओवादीले छाडेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ