झगडामा परी ५ महिने शिशुको मृत्यु

झगडामा परी ५ महिने शिशुको मृत्यु

Death

सांकेतिक तस्विर

कमला राना- पूर्वी नवलपरासीमा मादक पदार्थ सेवन गरी भएको झगडामा परी ५ महिने बालिकाको मृत्यु भएको छ ।
नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ मितुङ बस्ने २६ बर्षीय कर्णबहादुर सारुले मादकपदार्थ सेवन गरी आफ्नै मामा नाता पर्ने सोही स्थानका पदमबहादुर बाह्रघरेसँग झगडा गरेका थिए ।
सोही क्रममा कर्णबहादुर सारुले मामाकी ५ महिने छोरी धनमाया बाह्रघरेलाई उचाली पिँढीमा फाल्दा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

पिँढीमा फाल्दा घाइते भएकी बालीकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा शनिबार साँझ निधन भएको हो ।

प्रहरीले कर्ण बहादुर सारुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको र बालिकाको शव पोष्टमाटर्मका लागि मध्यविन्दु जिल्ला अस्पताल कावासोती डण्डामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ