पोखराको बुढीबजारमा भ्यान र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु तीन घाइते

पोखराको बुढीबजारमा भ्यान र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु तीन घाइते

accidentt

पोखरा । पोखरामा भ्यान र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

शनिबार राति अन्दाजी साढे ९ बजेको समयमा पोखरा -२६ बुढीबजार स्थित ग १ च ९२४५ नंवरको भ्यान र ग २१ प १२५० नंवरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक दोलखा जिल्ला माली गाउँपालिका घर भइ हाल पोखरा -२६ बस्दै आएका २३ वर्षीय विनोद क्षेत्रीको मृत्यु भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार घाइते क्षेत्रीलाई तत्काल उपचारका लागि अस्पताल लगिएपनि उपचारका क्रममा उनको मृत्यु भएको हो भने, मोटरसाइकलको पछाडी सवार सोही स्थान निवासी १९ वर्षीय साङ्गे शेर्पा पनि घाइते छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै भ्यानमा सवार तनहुँ शुक्लागण्डकी नगरपालिका -१२ निवासी २८ वर्षीय विशाल गुरुङ र रिसिङ्ग निवासी २४ वर्षीय जयराम थापा समेत घाइते छन् । उनीहरुको उपचार भैरहेको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ