कालीगण्डकीबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन गर्ने डोजर र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । कालीगण्डकीको स्थलगत अनुगमन गर्ने क्रममा बुधवार म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको नदी किनारबाट एक्स्क्याभेटर र ट्र्याक्टर नियन्त्रणमा लिइएको हो ।
अनुगमनका क्रममा अवैध रूपमा नदी दोहनको काममा प्रयोग भएको एउटा एक्स्क्याभेटर र ध १ त ५८० नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
कालीगण्डकी नदी दोहन गरेको र अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएकाले एक्स्क्याभेटर र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय भएकाले स्थानान्तरण गर्ने, रिजभ्र्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालग्रामको चोरी, निकासी तथा पर्यावरण प्रतिकूल हुनेगरी कार्य नगर्नू-नगराउनू भनी सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश जारी भएको छ ।
यस्तो अवस्थामा आउँदा दिनमा निगरानी बढाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी, निकासी नियन्त्रण गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह