वरिष्ठ अधिवक्ता तथा पोखराका पुराना पत्रकार आचार्यको निधन

वरिष्ठ अधिवक्ता तथा पोखराका पुराना पत्रकार आचार्यको निधन

Tilak Acharya

वरिष्ठ अधिवक्ता तथा पोखराका पुराना पत्रकार तिलकप्रसाद शर्मा आचार्यको निधन भएको छ । ८२ वर्षका आचार्यको पोखरा १७ स्थित आफ्नै निवासमा बिहीबार निधन भएको हो ।

आचार्य यो उमेरसम्म पनि निरन्तर वकालतमै सक्रिय थिए । उनी तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत बार एसोसिएसन हालको पोखरा उच्च अदालत बार एशोसिएसनको नेतृत्व समेत गरेका थिए ।

बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले आचार्य वामपन्थी आन्दोलनका एक हस्ती, नागरिक समाजका अगुवा, कानुन व्यवसायीका आदर्श पुरुष र विधि र कानुनको हिमायती रहेको स्मरण गरेका छन् ।

आचार्यको निधनप्रति बार एसोसिएसन, पत्रकारहरु, कानुन व्यवसायीहरु तथा विभिन्न संघ संस्थाले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ