पोखरा । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन् । उनले एमाले एक भइ अघि बढ्नुको विकल्प नभएको भन्दै शीर्ष नेताहरुको ईगोको लडाईंलाई मत्थर बनाउन दोस्रो तहका नेताहरु लागिरहेको जनाए ।
नेकपा (एमाले) का गण्डकी प्रदेश इञ्चार्ज समेत रहेका गुरुङले भने– पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रत्यक्ष वार्ताको तयारी भएको छ ।”
मदन भण्डारी फाउन्डेसन कास्कीले प्रेस चौतारी कास्कीका सदस्यहरुलाई आमन्त्रण गरी आयोजना गरेको ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक छलफलमा उनले आगामी एक–दुई दिनभित्रै पार्टी एकता टुङ्गो लाग्ने बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबारसम्ममा टुंगो लगाउन निर्देशन दिइसकेका छन् ।
उनले माधव नेपाल समूह बर्गशत्रुसँग घाँटी जोडेर आफ्नै पार्टी विरुद्ध खुलेआम लाग्नु, बामदेव गौतम एकताको नाममा आफू प्रधानमन्त्री हुने खेलमा लाग्नु, केपी ओली कसैको कुरा नसुनी एक्लै निर्णय गर्नु नै पार्टी यो हालतमा पुग्नुको कारण रहेको उल्लेख गरे ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री गुरुङले सङ्गठित पार्टी निर्माणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पार्टीको आगामी महाधिवेशनले अहिले देखिएका असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नेमा जोड दिए ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लानुको विकल्प नभएको बताउँदै त्यसका लागि मिडियाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
फाउण्डेसन कास्कीका अध्यक्ष माधव बाँस्तोलाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प