म्याग्दी जिप दुर्घटना: एकको मृत्यु, आठ जना घाइते

म्याग्दी जिप दुर्घटना: एकको मृत्यु, आठ जना घाइते

jeep acc

प्रतिकात्मक तस्विर

म्याग्दीमा धवलागिरि गाउँपालिका–७ धारापानीनजिक वादिकाको भिरमा यात्रुवाहक जिप पल्टँदा एक जनाको मृत्यु भएको छ ।

ताकमबाट सदरमुकाम बेनीतर्फ गइरहेको ग१ ज ६८०५ नम्बरको जिप शुक्रबार बिहान ११ बजे सडकबाट खसेको हो ।

दुर्घटनामा ताकमकै २७ वर्षीय विशाल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते चालकसमेत ८ जनाको मालिका गाउँपालिकाको केन्द्र दरवाङस्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

‘घाइतेको थप विवरण आउन बाँकी छ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले भने, ‘ओरालो सडकबाट भिरतर्फ गुल्टेको गाडी संयोगले सल्लाको रुखमा अड्केकाले थप मानवीय क्षति भएन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ