पोखरा । पत्रकार रञ्जन अधिकारीलाई समाचारको विषयमा धाकधम्की आएकोप्रति अनलाइन पत्रकार संघ गण्डकीले आपत्ति जनाएको छ । पत्रकार अधिकारीले गण्डकन्यूज डटकमका लागि गत साउन ६ गते बुधबार ‘काहुँको कालिका माविमा व्यापारः सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियो)’ शीर्षकमा समाचार लेखेका थिए ।
सो विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने श्रीकृष्ण श्रेष्ठले लगातार फोन, म्यासेज, एसएमएस मार्फत धाकधम्की दिएको पत्रकार अधिकारीले बताएका छन् । अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीले शनिबार विज्ञप्ति जारी गर्दै संघको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ –‘कास्कीका सक्रिय पत्रकार रञ्जन अधिकारी (गण्डक न्युज)ले र पोखरा न्युजले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र एस.एम.एस. मार्फत् धम्की दिने कार्यप्रति अनलाइन पत्रकार संघ गण्डकीको ध्यानाकर्षण भएको छ । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै सत्ता शक्तिको धाक धम्कीमा उत्रिनु असह्य हर्कत हो । यस्ता गतिविधिहरु हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै हमला भएकाले निन्दनीय र भत्सर्ना योग्य छन् ।
साथै, समाचारको तथ्यसत्यलाई तोडमोड गरि भ्रम सिर्जना गर्न गैह्रपत्रकारको प्रयोग गरिएको, अनाधिकृत अनलाइन न्युज प्रोटलको प्रयोग गरि प्रेस कार्ड भिरेर भ्रम फैलाएपछि भिडियो सामग्री डिलिट गरिएको र तत्पश्चात् पनि धाकधम्की दिने गरी भए गरेका गतिविधिप्रति पनि अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । अतः यस कार्यमा संलग्न समाचारसँग असम्बन्धित व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदी नामका व्यक्तिलाई कानुनानुसार कडा भन्दा कडा कारबाही होेस् भनी जोडदार माग गर्दछौँ ।’
पत्रकारमाथी भएको दुव्र्यबहारप्रति नेपाल पत्रकार महासंघ कास्की शाखा र प्रेस चौतारी कास्कीले एक विज्ञप्ती जारी गरि दोषिलाई कडा कारवाहीको माग गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना
घरमै पुगेर अपांग युवकलाई अंगीकृत नागरिकता
पिकअपमा हुट–छत हटाउने अभियानले स्याङ्जामा गति लियो
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
यो पनि पढौँ
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट