मोडल आकांक्षा विश्वकर्मा ‘मिस पेटिट ग्लोबल २०२२’ मा सहभागी हुँदैछिन् । ‘मिस ग्रेस पोखरा २०२१’ को उपाधि विजेता आकांक्षाले ‘मिस पेटिट ग्लोबल’ मा सहभागिता जनाउने अवसर पाएकी हुन् ।
पोखरामा रहेर मोडलिङ गर्दै आएकी आकांक्षाले मलेसियामा आगामी फेब्रुअरीमा हुने’मिस पेटिट ग्लोबल २०२२’ मा सहभागिता जनाउने पक्का भएर तयारी सुरु गरेको बताइन् । मिस ग्रेस पोखरा विजेताले सिधै मिस पेटिट ग्लोबलमा सहभागिता जनाउने अवसर पाउँछन् ।
टियरा मेनेजमेन्टको आयोजनामा ३५ देशका प्रतिष्पर्धीको सहभागिता रहने सो इभेन्टमा आफूले नेपाललाई चिनाउने राम्रो मौका मिलेको पनि बताइन् ।
सहभागिताको उपाधि जित्नको लागि फाइनल स्पीच, प्रश्नोत्तर, इभिनिङ गाउन, स्पोर्ट वेयर, राष्ट्रिय पोशाक, टप मोडल, फिटनेस च्यालेन्ज, ट्यालेन्ट राउण्ड र डिप इन्टरभयू मार्फत प्रतियोगीले क्षमता प्रस्तुत गर्नेछन् । यसको लागि आफूले अहिल्यैबाट तयारी थालेको उनले जनाइन् ।
आकांक्षाले हालै सम्पन्न नेपाल संगीत तथा नाट्य अवार्ड २०७७ कार्यक्रममा वेष्ट पेजेन्ट अवार्ड जितेकी थिइन् । पोखराको जनप्रिय क्याम्पसबाट प्लस टु उत्तीर्ण भएकी उनी अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् ।
नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउँदै उपाधि चुम्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । ‘मेरो लक्ष्य नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउदै उपाधि चुम्ने हो’ उनले भनिन् । भोलिको दिनमा मोडलिङबाट नै आफू अघि बढ्ने आकांक्षाले बताइन् ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन