पोखरा। कास्की प्रहरीको सक्रियतामा लागु औषधको कारोवार गर्ने गिरोहलाई रुपन्देहीबाट पक्राउ गरिएको छ।
गत असार ३० गते पोखरा महानगरपालिका -१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई अवैध लागु औषध ६७४ एम्पुलसहित पक्राउ गरिएपश्चात गरिएको अनुसन्धानका क्रममा रुपन्देहीको भैरहवा बस्ने ‘रमेश गुप्ता; भनिने प्रकास बानियाँले लागु औषधको अवैध कारोवार गर्ने गरेको भन्ने सूचनाका आधारमा कास्की प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवललाई हुलिया सहितको विवरण पठाएको थियो।
विवरण पठाए पश्चात खोजीकार्य शुरु गरेको रुपन्देही प्रहरीको टोलीले आज सोमबार बिहान अन्दाजी १० बजेको समयमा बुटवल उपमहानगरपालिका -२ मैनावगरतर्फ लागु औषध बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा लागु औषध फेनरागन ४५७ एम्पुल, नुर्फिन ४६२ एम्पुल, सेरीजेट ४७६ एम्पुल, नाईट्रोसन ६७५ चक्की र नाईट्रोभ्याट ७० चक्कीसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रूपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका – ३ खजना बस्ने वर्ष ४५ वर्षीय रमेश गुप्ता भनेर चिनिने प्रकाश बानियाँ, बुटबल -२ मैनाबगर बस्ने ४५ वर्षीया सानदेवी पुन र नवलपरासी जिल्ला सरवाल गाउँपालिका – ४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजन रहेकी छन् ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह