देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ ।
बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले बताए । प्रयोगात्मक विषय समावेश नगरीकनै पनि अधिकांश विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ल्याएपछि बोर्डको बिहीबार बसेको बैठकमा गम्भीर छलफल भएको थियो ।
स्रोतका अनुसार विशेष गरी उपत्यकाका तीनै जिल्लाका विद्यालयले आफ्ना अधिकांश विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको भेटिएको थियो भने तराईका ८ जिल्लाका विद्यालयले पनि आफ्ना विद्यार्थीलाई मनोमानी अंक दिएको भेटिएको थियो ।
केही दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने तालिकासहित बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २४ विद्यालयको यस्तो अवस्था देखेपछि तत्काल छानबिन गर्ने निर्णय गरेको छ । बोर्डको भर्चुअल बैठकमा अचम्मित बन्दै बोर्डका अधिकारीले प्रश्न गरेका थिए– ‘यस्तो अप्रत्याशित र अस्वाभाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ रु यस्तो गम्भीर विषयमा तत्काल जिल्ला शिक्षा समन्वय इकाइमार्फत विद्यालयको बारेमा छानबिन गर्नुपर्छ ।’
(नेपाल समाचारपत्र दैनिक
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु