नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा दुई साता प्रशिक्षण गर्ने भएको छ ।
आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीका ३६ खेलाडी तथा प्रशिक्षक र टिम व्यवस्थापकसहित ४५ सदस्यीय टोलीले यही साउन २६ गतेदेखि कम्तीमा दुई साता पोखरामा प्रशिक्षण गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
राष्ट्रिय टोलीले मुख्यगरी पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा अभ्यास गर्ने छ । यसबाहेक नेपाली सेनाको विजयपुर बाहिनीअन्तर्गतको खेलमैदान, सशस्त्र प्रहरीको खेलमैदान र सहारा क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सहारा एकेडेमीको मैदानमा समेत अभ्यास गर्ने योजना रहेको बताइएको छ ।
राष्ट्रिय टोली पोखरामा अभ्यासका लागि आउने भएपछि एन्फा महासचिव तुलाधरलगायतको टोलीले पोखरा रङ्गशालाको निरीक्षण गरेको छ । यसैगरी टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलगायतले पनि केही दिनअघिदेखि यहाँको वातावरण, खेल पूर्वाधारलगायतको निरीक्षण गरेका थिए । “राष्ट्रिय टोलीले पोखरामा कम्तीमा दुई साता प्रशिक्षण गर्ने निश्चित भएको छ, यहाँको अभ्यासले टोलीलाई मानसिक र शारीरिकरूपमा फिट बनाउने विश्वास लिएका छौँ”, महासचिव तुलाधरले भने, “सम्भव भएसम्म राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसमेत पोखरामा गराउने योजनामा छौँ ।”
पोखरा रङ्गशालामा निर्माणाधीन केही पूर्वाधार दुई सातामा सम्पन्न भएमा मैत्रीपूर्ण खेल हुनसक्ने उहाँले बताउनुभयो । छिमेकी मुलुक भारतले नेपाली राष्ट्रिय टोलीसँग दुईवटा मैत्रीपूर्ण फुटबल म्याचका लागि प्रस्ताव गरिसकेको बताउँदै आगामी सेप्टेम्बरको २ र ७ मा खेल सञ्चालन हुने एन्फाले जनाएको छ । बिदालगत्तै सबै खेलाडीको प्रशिक्षण पोखरामा शुरु हुने बताइएको छ । रासस
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह