म्याग्दीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

म्याग्दीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

arrest

सांकेतिक तस्विर

म्याग्दी।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको बेनी नगरपालिका वडा नं -५ पुलाचौर बस्ने २० वर्षीय सोहन छिनाललाई जबर्जस्ती करणीको अभियोगमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने स्थानीयको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीविरुद्ध जबर्जस्ती करणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds