पोखराको सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसले अनलाइनमार्फत सञ्चालन गरेको साइन्टिफिक एण्ड टेक्निकल कन्टेस्टका विजेताहरु पुरस्कृत भएका छन् ।
क्याम्पसले गुगल डक मार्फत सञ्चालन गरेको कन्टेस्टमा तीन सय बढी विद्यार्थी सहभागी भएको क्याम्पसले जनाएको छ । ६० नम्बर पूर्णाङ्क राखी विभिन्न विषयका प्रश्नहरु समाविष्ट गरिएको थियो । सहभागिता जनाउनेमध्ये सर्वाधिक अंक ल्याउने उत्कृष्ट ३ सहितलाई नगदसहित पुरस्कृत गरिएको हो ।
बागलुङका आहान सापकोटाले सर्वाधिक अंक ल्याउँदै प्रथम बने । पोखरा रत्नचोकका जगदीश चापागाईं दोस्रो भए भने अमरसिंहका आकाश अधिकारी तेस्रो भए । विजेताहरुले क्रमशः ३ हजार, २ हजार र १ हजार प्राप्त गरे । सान्त्वनालाई समेत पुरस्कृत गरिएको थियो ।
एसईई उत्तीर्ण गरी उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको क्याम्पसले जनाएको छ । पोखरा मल्टिमोडल क्याम्पस प्रालिका अध्यक्ष राजकुमार गिरी, क्याम्पस प्रमुख कृष्णबहादुर केसी, प्रालि अन्तर्गत सञ्चालित स्कूल पोखरा क्रियटिभका प्रिन्सिपल आरसी शर्मा, प्रशासक राजु पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।
क्याम्पस प्रमुख केसीले क्याम्पसले विद्यार्थीलाई सामान्य ज्ञान, फिजिक्स, केमिस्ट्रि, म्याथ, इङ्लिस लगायतका विषयका प्रश्न राखी अध्ययनमा सघाउ पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

सम्बन्धित खबर
कर्तव्य ज्यान मुद्दाका फरार तनहुँका फिरोज २९ वर्षपछि पक्राउ
ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट
कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सेतीनदी माथि पटनेरी र सीतापाइलालाई जोड्ने पुल उद्घाटन
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने दुईजना पक्राउ
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा