पोखराको नदीपुरमा नागरिक सहयोगमा दुइ तले प्रहरी भवन निर्माण भएको छ । ६ कोठे भवनको पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
वि.सं. २०३६ सालमा बनेको टिनको टहरालाई विस्थापित गर्दै उक्त भवन बनाइएको हो । भवन निर्माण हुँदा नहरको मापदण्ड मिचिएको भएपनि नागरिक सुरक्षासंग जोडिएको हुनाले वडाले उक्त भवन बनाउन स्विकृति दिएको वडाध्यक्ष प्रजुले बताए ।
उक्त भवन निर्माणका लागि ३७ लाख रुपैयाँ संकलन गरिएको अर्थ संकलन भएको गाएक भाष्करध्वज श्रेष्ठले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि ३४ लाख रुपैयाँ भवन निर्मांण गर्न र बाँकी तीन लाख रेलिङ लगायतका पूर्वाधार निर्माणमा खर्च गरिएको छ । सबैरकम दाताहरुबाटै संकलन गरिएको उनले बताए ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिस्ठानका संस्थापक अध्यक्ष प्रजापती पराजुलीले नागरिकको सहयोगमा भवन निर्माण गरिनु आफैमा महत्वपूर्ण रहेको धारणा राखे । काम गर्नेले जस पाउने र अबजस पाउने सामान्य रहेको उनको भनाई थियो ।
वडा नम्बर ३ की वडा सचिव चन्द्रवती वाग्लले जनताको शान्ति सुरक्षासंग जोडिएको पाटो रहेकाले वडाले यसमा साथ दिएको बताइन् । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखेले संकुचित बिचार लिएर विकास गर्न नसकिने भन्दै सबैले उदार भावना राख्नुपर्ने धारणा राखे ।
कार्यक्रममा वडा सदस्य लक्ष्मी पराजुली, महिला मिलन केन्द्रका अध्यक्ष लक्ष्मी अधिकारी लगायतले बोलेका थिए । भवन निर्माण समितिका अध्यक्ष सहदेव वानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भवन निर्माण समितिका सचिव सनकलाल श्रेष्ठ लगायतले उक्त अबसरमा आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले प्रहरी विटका प्रमुख, प्रहरी हवल्दार गौतम श्रेष्ठले लिएको अग्रसरता र त्यसमा भएको साथ र सहयोगले भवन निर्माण सम्पन्न गर्न सफल भएको भन्दै उनको प्रशंसा गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु