काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आइतबार) पनि बस्दैछ ।
शनिबार (हिजो) बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज बिहान ११ बजेदेखि छलफल हुने जनाइएको छ ।
प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आगामी पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।
भदौ मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सबै टोल टोलमा सेल कमिटी गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने, असोज ३० गतेभित्र गाउँपालिका र नगरपालिकाको सम्मेलन सक्ने, कात्तिक ३० गते जिल्ला, मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ।
केन्द्रीय समितिको बैठकमा प्रचण्डले नै विधान संशोधनको प्रस्ताव पनि पेश गरेका छन् । दुबै प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा बाँडिएको छ । आजको बैठकमा समूहगत रुपमा छलफल हुन लागेको हो ।
सम्बन्धित खबर
देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री
रवि लामिछानेको मानव अधिकार रक्षा गरियोस् : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीले भने– ‘नेपाल चीन सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो भएन’
प्रधानमन्त्री ओली चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता
प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो