पोखरामा आइतबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई महिला घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक बद्री खत्री रहेका छन् । उनको घर नवलपरासी रहेको खुलेको केसीले जनाए । घाइते दुई महिलाहरु सपना घोताने र किरण अर्याल रहेका छन् ।
पोखरा महानगरपालिका-१८, मेथलाङमा सबेरै सडकबाट कार खसेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगी उद्धारकार्यमा जुटेको थियो । उद्धार कार्यमा स्थानियले पनि सघाएका थिए । एक पुरुष र दुई महिलाको उद्धार गरिएकोमा पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता दीपक केसीले जानकारी दिए ।
प्रहरीका अनुसार घाइतेहरुको सहारा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ । दुवै जनाले आफूहरु पोखराकै रहेको बताएको प्रहरीले जनाएको छ ।
ग १ च ७२३४ नम्बरको सिल्भर कलरको कार सडकबाट तल खसेको अवस्थामा बिहान स्थानियले देखेका थिए । प्रहरीलाई खबरपछि वडा प्रहरी कार्यालय, बगरबाट टोली खटिएका थिए ।
दुर्घटनामा घाइते भएका चालक खत्रीलाई पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले बिहान ९ः४० बजे मृत घोषणा गरेका हुन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’