पोखरा । लुम्बिनी प्रदेशमा माओवादी र काँग्रेसले आधा आधा गरी आलोपालो सरकार बनाउने सत्ता गठबन्धनको निर्णयपछि गण्डकीमा पनि सोहि अनुसार हुनुपर्ने माओवादीका गण्डकी नेताहरुले माग गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा गण्डकी प्रदेशमा आलोपालो सरकार चलाउनुपर्ने माग उठेको हो । आइतबार केन्द्रीय कमिटी बैठकमा पार्टीका गण्डकी अध्यक्ष हितराज पाण्डेले आलोपालो सरकार चलाउनुपर्ने माग राखे ।
माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने गरी माओवादीका कुलबहादुर केसीको नेतृत्वमा सरकार गठन भएको छ । फागुन ३ पछि काँग्रेसले मुख्यमन्त्री लिने गठबन्धनबीच सहमति भएको भनिएको छ ।
गठबन्धनमा सहमति गराएर आलोपालो चलाउन प्रक्रिया थाल्न पाण्डेले शीर्ष नेताहरुलाई आग्रह गरेका हुन् । ‘लुम्बिनीमा बाँडेपछि यता गण्डकीमा पनि बाँड्नुप¥यो । आधाआधा कार्यकाल चलाउनुपर्छ,’ पाण्डेले बैठकमा भनेका छन् । गण्डकीबाट १६ जना नेता केन्द्रीय कमिटी बैठकमा सहभागी छन् ।
गण्डकी प्रदेश सभाका माओवादी सांसदहरुको चाहना पनि त्यही रहेको मुख्यमन्त्रीका आकांक्षी एवं पूर्व आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले बताए । गण्डकीको सत्ता गठबन्धनमा आफूहरुले कुरा नराखेपनि आलोपालो नै चलाइनुपर्ने चुमानको जिकिर छ । ‘गठबन्धन त केन्द्रबाट नै बनेको हो, गण्डकीमा भनेर हुँदैन । केन्द्रमै भन्नु पर्ने भएर त्यहाँका नेताहरुलाई यो प्रस्ताव राख्नुपर्दैन, केन्द्रले नै कुरा मिलाउनुपर्छ,’ चुमानले भनेका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’