पर्वतको जलजलामा पहिरोमा पुरिएर एकको मृत्यु दुई जना घाइते

पर्वतको जलजलामा पहिरोमा पुरिएर एकको मृत्यु दुई जना घाइते

parbat ghatana

पहिरोमा पुरिएर पर्वतमा एक व्यक्तिको मृत्यु भएको छ।

जिल्लाको जलजला गाउँपालिका वडा नं -३ स्थित कालीपुलस्थित रारा अटो मोवाइल एण्ड हरी अटो पार्टस ग्यारेजमा बिहीबार साँझ गएको पहिरोमा पुरिएर ग १ ज ६६३२ नंवरका जिपका चालक म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं -८ बस्ने ३८ वर्षीय टेकमान गुभाजुको मृत्यु भएको हो।

पहिरोमा परी सोही ग्यारेजमा काम गरिरहेका भारतको बिहार घर भएका १८ वर्षीय तुला अन्सारी र धनुषा जिल्ला औरही निवासी ३५ वर्षीय राजिव ठाकुर घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल म्याग्दी पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ