बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी महिला बेनीबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी महिला बेनीबाट पक्राउ

woman_arrest_

File Photo

बेनी। बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी बेनी नगरपालिका २ बस्ने २९ वर्षीया शोभा घिमिरेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत म्याग्दीको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ महिना कैद र ७ लाख ७४ हजार ५ सय ४८ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत म्याग्दीमा उपस्थित गराईएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ