पोखरा। मृगौला पीडितलाई सहयोग भन्दै पोखरामा चन्दा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट अवैध रुपमा चन्दा संकलन गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो पोखरा महानगरपालिका -२६ विजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा जिल्ला विर्तामोड नगरपालिका -९ पश्चिम स्ट्याण्ड बस्ने ३४ वर्षीया एलिजा बस्नेत, झापा हल्दिबारी गाउँपालिका -१ बस्ने ४४ वर्षीय धन बहादुर सेन्चुरी र झापा विर्तामोड नगरपालिका – १ पश्चिम स्ट्याण्ड बस्ने ३२ वर्षीय टेक बहादुर बस्नेत रहेका छन्।
उनीहरुले पाल्पा जिल्ला साविक झडेवा गा.बि.स वडा न-५ हाल माथगढी गाउँपालिका वडा न -४ बस्ने मृगौला पीडित ३६ वर्षीय चुडा बहादुर रुचालको उपचारका लागि भन्दै पोखरामा अटो ट्याम्पो मार्फत चन्दा संकलन गर्दै आएका थिए।
उनीहरुले ‘युनिक स्वयंसेवक नेपाल’ केन्द्रिय कार्यालय संस्था धरान सुनसरी नामको संस्था दर्ता गरी विभिन्न १२ जना बिरामीको नाउँमा चितवन, तनहुँ, दैलेख, सुनसरी, रूपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङजा लगायतका जिल्लाहरूमा बिना अनुमति चन्दा संकलन गरेको खुलेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार उनीहरुले चन्दा संकलनकै लागि भनेर १० वटा अटो ट्याम्पो भाडामा लिएर देशका प्रमुख शहरमा मृगौला पीडितको नाउँमा चन्दा संकलन गर्ने गरेका थिए।
पक्राउ परेका उनीहरुबाट प्रहरीले चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा तथा चार लाख छ हजार चार सय छ रुपैयाँ वरामद गरेको छ।
उनीहरूविरुद्ध विरुद्ध चन्दा ऐन २०३० अन्तर्गत जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह